जेठ ५, काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।
‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भने । नागरिकसम्बन्धी समस्याको समाधान गरिने पनि राष्ट्रपतिले बताए ।
तलब ज्याला स्वचालित प्रणालीमा लैजाने
सरकारले आगामी आर्थिक वर्षदेखि श्रमिकहरुको तलब तथा ज्याला वृद्धिलाई स्वचालित प्रणालीमा लैजाने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले आगामी वर्षदेखि सरकारी तथा निजी क्षेत्रका श्रमिकहरुको जीवनयापन धान्न सक्नेगरी तलब तथा ज्यालाई स्वचालित प्रणालीमा लैजाने जनाएको हो ।
