बैशाख १३, पाकिस्तान । पाकिस्तानमा आगामी मे ९ सम्मको लागी लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमित थपिने क्रम जारी भएकाले पाकिस्तानी सरकारले मे ९ तारिखसम्मका लागि लकडाउन रहिरहने घोषणा गरेको हो ।
देशव्यापी लकडाउन भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसका कारण दुई सय ४२ भन्दा बढीको मृत्यु भईसकेको छ भने संक्रमित हुनेको सख्या ११ हजार ६ सय ५२ रहेको छ ।