जेठ ५, काठमाडौँ । सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन, खारेजी र एकीकरण वा आवस्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो ।

‘पुन सञ्चालनको सम्भावना रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने छ’, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यक्रम बाचन गर्दै घोषणा गरेका छन्, ‘नीजि क्षेत्रको सहकार्यमा औधोगिक ग्राम सञ्चालन गरिनेछ ।’
प्रत्येक पालिकामा सित भण्डारण स्थापना गरिने
सरकारले कृषि उत्पादन र प्रवर्द्धनमा विशेष महत्त्व दिँदै प्रत्येक पालिकामा एक-एक वटा सितभण्डारणसहित उत्पादन केन्द्र बनाउने जनाएको छ । संघीय संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत दुर्गम क्षेत्रमा खाद्यान्नको सहज आपूर्तिसहित खाद्यान्न भण्डारणको क्षमता वृद्धि गर्ने जनाएको छ । कृषि उत्पादन, मल बिउ बिजनको सहज उपलब्धतासहित कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने सरकारले जनाएको छ । भूमिको चक्लाबन्दीलाई विशेष प्रोत्साहन गरिने समेत सरकारले जनाएको छ ।