• २०८३ जेष्ठ २० गते बुधवार

मलेसियामा चार्टर्ड विमान दुर्घटनामा पर्दा १० जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, काठमाडौं । मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो ।

६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको हो । दुर्घटनामा विमानमा रहेका ८ जना र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । विमान दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान र पोष्टमार्टमका लागि टेंकु अम्पुअन रहिमह हस्पिटल लगिएको छ ।

दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ । यातायात मन्त्री एन्थोनी लोकले अनुसन्धान जारी रहेको सिएनएनलाई जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस