• २०८२ जेष्ठ ३२ गते शनिवार

बाघको आक्रमणबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, बाँके । बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान घास-दाउराका लागि जंगल गएका राप्ती सोनारी गाउँपालिका-६ का ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए। उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको हो । उनलाई बाघले घिसारेर लगेको र शव १० बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस