• २०८३ कार्तिक २२ गते शनिवार

रानी जमरा कुलरीया सिँचाइ आयोजनामा डुबेर एक युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, कैलाली। कैलालीको रानी जमरा कुलरीया सिँचाइ आयोजनामा डुवेर एक युवकको ज्यान गएको छ। लम्कीचुहा-६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको आज दिउँसो साढे २ बजे रानी जमरा कुलरीयामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

उनको शव नदीमा डुबेको तीन घण्टापछि फेला परेको प्रहरीको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस