साउन २, संखुवासभा । संखुवासभा जिल्लाको खादबारी नगरपालीका ११ स्थित पर्यटकीय स्थान छहरे झरना परीसरमा बृक्षारोपण भएकाे छ । हेलुवाबेसी बिकास मंचको आव्हानमा छहरे झरना ब्यबस्थापन समितिको अगुवाईमा करीब ३०० जनताको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ११ नम्बर वडाका वडाध्यक्ष अनिल राई, राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका अध्यक्ष ध्रुब खड्का, समृद्ध बहुदेश्यीय सहकारीका सिईओ मनिष श्रेष्ठ लगायत बिशिस्ट अतीथीहरुको उपस्थिति रहेको थियो ।

छहरे झरना संरक्षण समिति अध्यक्ष भुवन राई, सचीव सुमन राई, अगुवा लक्ष्मी राई र स्थानीय समाजसेवी अगुवा विश्व राई, उत्तम दाहाल, अमिर चौहानको खटाई अतीनै सम्मानयोग्य थियो । कार्यक्रममा जापानी शिरीष जाकाराण्डा समेत रोपिएको थियो । उक्त बिरुवाहरू समृद्द बहुउद्देश्यीय सहकारी खादबारीले प्रदान गरेको हो ।


