साउन १, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४७ रुपैयाँ २९ पैसा र बिक्री दर १४७ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७१ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।