असोज २९, उदयपुर । जिल्लाको उदयपुर गढी गाउँपालिका वडा नं ७ स्थित अधेरी भन्ने ठाउँमा काठमाडौँबाट झापा जाँदै गरेको माइक्रो हायस गाडी दुर्घटना भएको छ । दिउँसो १:३० बजे भएको सो दुर्घटनामा घाइते भएका १८ जना मध्ये २ जनाको अवस्था गम्भीर भएकोले थप उपचारका लागि विराटनगर पठाइएको छ ।

बाग्मती प्रदेश ०१ ००४ क २०७६ नं को हायस गाडीको पछाडि बाया तर्फको टायर खुस्किएर अनियन्त्रित भै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए । टायर खुस्किएर अनियन्त्रित भएको गाडी ५ मिटर तल खसेर सालको रुखमा ठोक्किएर दुर्घटना भएको र घाइतेहरुलाई उदयपुर जिल्ला अस्पताल गाईघाटमा भर्ना गरिएको सूचना अधिकारी चौधरीले बताए ।
सो दुर्घटनामा परी घाइते हुनेमा सिन्धुलीको सुनकोशी ५ बस्ने वर्ष २३ को सागर ठकुरी अचेत अवस्थामा रहेकोले थप उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल रेफर गरिएको छ । अर्का पाँचथर जिल्ला फिदिम नपा ५ का ७२ वर्षिय बलवीर बिकलाई पनि थप उपचारका लागि बिराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अन्य घाइतेहरुमा जिल्ला इलाम सुर्यदय नगरपालिका ९ बस्ने बर्ष ४० की रेणुका गौताम, उनको छोरा बर्ष १५ को अनुपम आचार्य, झापा शिवसतासि नगरपालिका- १ बस्ने बर्ष ३० को निर्देश भट्टराई, उनको बहिनी बर्ष १४ की निकिता भट्टराई रहेका छन्।
यसैगरी सुनसरी बराह्रक्षेत्र नपा- ५ बस्ने बर्ष ३९ को भिम कुमार खत्री, झापा मेची नपा-१० धुलावारी बस्ने बर्ष ३९ की भारती कार्की, उनको छोरा बर्ष १२ को संयम कार्की, मोरङ पथरी नगरपालिका बर्ष १४ को निरज निरौला, ललितपुर गोदावारीनगरपालिका- ११ बस्ने बर्ष ४७ को बिजय तामाङ, जिल्ला धनकुटा नगरपालिका ७ हुलाकटोल बस्ने बर्ष ४७ को रजित श्रेष्ठ, कन्चपुर भिमदत्त नगरपालिका १० बस्ने बर्ष ३४ को मुकेश चन रहेका छन्।
त्यस्तै झापा धुलाबारी बस्ने बर्ष २७ की अन्जु पोख्रेल, धनकुटा सागुरीगढी गाउँपालिका ६ बस्ने बर्ष १८ को रोशन राई, सुनसरी धरान उपनपा १७ बस्ने बर्ष ३० को बिनोद राई, सुनसरी झापा कंकाई नगरपालिका ४ बस्ने बर्ष ३४ को प्रनिश श्रेष्ठ, भक्तपुर सुर्यविनाय नगरपालिका वडा न. नखुलेको देवी दाहालको छोरी वर्ष ८ की आरध्या दाहाल रहेकी छन्।