• २०८३ मङ्सिर ५ गते शुक्रवार

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । सरकारले शुक्रबार रातिबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगम व्यवस्थापनले शुक्रबार पेट्रोल प्रतिलिटर १ र डिजेलरमट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

मूल्यवृद्धि भएसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ८३ रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७३ रूपैयाँ पुगेको छ।

भदौ महिनामै इन्धनको मूल्य दोस्रो पटक बढेको छ। यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस