• २०८३ बैशाख ५ गते शनिवार

सुनको मूल्यमा सामान्य गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । नयाँ भाउ अनुसार नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस