• २०८३ बैशाख २१ गते सोमवार

राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न : कनिका छर्ने बुद्धि अर्थमन्त्रीलाई कस्ले दियो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले आफ्नो सरकार भएको बेला आफ्नो ठाँउमा बढी बजेट पार्ने प्रवृत्ति विगतदेखि नै चलिआएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसद लिङदेनले आफ्नो सरकार भएको बेला बजेट आफ्नो पक्षमा राख्ने जुन प्रवृत्ति विकसित भईरहेको छ, त्यसले सत्ता पक्षले भनिरहेको व्यवस्थालाई नै कमजोर बनाउँने बताए । यस्तो खालको प्रवृत्तिलाई सुधार गर्दै अगाडि बढ्नु पर्ने पनि बताए ।

उनले भने, यसपाली बजेट परेन धेरै गुनासो छैन्, मन्त्रीले भनिसक्नु भएको छ अलिकति नदेखिनेगरि आफ्नोमा बेसी हाल्ने नै हो, आफ्नो सरकार भएको बेला आफ्नो ठाँउमा राख्ने नै हो भनेको छ । त्यो प्रवृत्ति विगतदेखि नै चलिआएको छ । यहाँ परेन भनेर केही फाईदा छैन्, तर बजेट बनाउने क्रममा जुन प्रवृत्ति विकसित भएर गएको छ । जुन प्रवृत्ति विकसित भईरहेको छ, त्यसले तपाईहरुले भनिरहेको व्यवस्थालाई नै कमजोर बनाउछ ।

अध्यक्ष लिङदेनले केन्द्रबाट बाटोको लागि १ लाख, २ लाख रकम छुट्याइने कस्तो संघीयता ल्याएको भन्दै यस्तो कनिका छर्ने वुद्धि मन्त्रीलाई कसले दिएको भन्दै प्रश्न उठाएका छन् । उनले भने, केन्द्रबाट बाटोको लागि छुट्याइने रकम १ लाख, २ लाख पनि हुने यसले कस्तो संघीयता ल्याइरहेको छ । यही हो तपाईहरुले ल्याउनु भएको संघीयता, २० किलोमिटर बाटोको लागि ७० लाख, ५ लाख, २ लाख र १ लाख पनि छुट्याउनु भएको छ । कोही साथीहरुले पछाडि सुन्ना थपेर यति प¥र्यो पनि परेको छ भनेर देखाउनु भएको छ । यस्तो वुद्धि मन्त्रीलाई कसले दियो, यस्तो ज्ञान कहाँबाट आयो कनिका छर्ने । सचिवहरुलाई मन्त्रीको मुख्य सल्लाकार भनिन्छ । न सचिवले दिएको ज्ञान होकि, पार्टीले दिएको ज्ञान होकि, आफैलाई आएको ज्ञान होकि ।

Sharing

प्रतिक्रिया दिनुहोस