• २०८३ जेष्ठ २९ गते शुक्रवार

कलेजमा भएका दुव्र्यवहारका घटनाप्रति सांसद मैनालीको आपत्ती

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । सांसद अच्युत प्रसाद मैनालीले, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल मेडिकल कलेजमा भएका दुव्र्यवहारका घटनाप्रति सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन्।

प्रतिनिधि सभाको शुक्रवार सुन्य समयमा आफ्नो धारणा राख्दै उनले पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक माथिभएको दुव्र्यवहार र नेपाल मेडिकल कलेजमा डाक्टर र नर्स माथि भएको आक्रमणको भत्र्सना गरेका हुन् ।

‘२९ गते पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डाक्टर महेशराज दाहाल माथि जुनअमानवीय व्यवहार भएको छ त्यसको घोर भत्र्सना गर्न चाहान्छु । त्यस्तै नेपाल मेडिकल कलेजमा उपचारको विषयलाई लिएर डक्टरहरु माथि नर्स माथि दुव्र्यवहार भएको छ । कुटपिट भएको छ । र आइसियुमै गएर आक्रमण भएको तोडफोड भएको यसरी हामी कसरी हामी प्राज्ञिक मर्यादा कसरी गर्न सक्छौं ।’
उनले, दोषिमाथि कारवाही गर्न सरकारले ढिलासुस्ति गरेको भन्दै आक्रोश पोखे ।

Sharing

प्रतिक्रिया दिनुहोस