• २०८३ साउन २४ गते आइतवार

सर्वोच्चमा विशेष महाधिवेशनको पक्षमा शानका साथ डिफेन्स गर्छौं- सभापति थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बारे सर्वोच्चको पछिल्लो आदेश बारे टिप्पणी गर्दै सर्वोच्च अदालत विशेष महाधिवेशनको पक्षमा शानका साथ डिफेन्स गर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अदालतप्रति विश्वास गर्नुपर्ने भन्दै हिजो निर्वाचन आयोग र अदालतकै एउटा बेन्चले सहि भनेको कुरा भोली पनि सहि नै हुने दाबि गरेका थिए ।

सभापति थापाले भने- ‘हामी अदालत गएका होइनौं, चित्त नबुझेर केहि साथीहरु अदालत जानुभयो । एकपल्ट फेरि निर्वाचन आयोगले गरेको निर्णय त्यहीँ छ । त्यसमा छलफल होस् भन्ने चाहनुभएकाले हामी शानका साथ अदालत जाने, शानका साथ डिफेन्स गर्ने हो ।’

उनले आफु विधानभन्दा बाहिर नजाने भन्दै कसैले तर्साएर नतर्सिने बताए । उनले महाधिवेशनमा सबैको समान सहभागिता गराउने गरि आफुले पहल गरिरहेको बताउदै पार्टीको महाधिवेशन गर्दै, कानुनी लडाई पनि लड्ने र पार्टीविरुद्ध भएका सबै घेराबन्दीसँग लड्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस