• २०८३ जेष्ठ ५ गते मङ्गलवार

गैंडाको खागसहित तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, ललितपुर। ललितपुरबाट प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ। मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुर स्टिलटावर चोक नजिक गैंडाको खाग खरिदबिक्री हुँदैछ भनेर प्रहरीले सूचना पाएको थियो । सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस