• २०८३ बैशाख २६ गते शनिवार

नुवाकोटमा बस दुर्घटना, तीनको मृत्यु‚ २३ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, नुवाकोट। नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका–१२ चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

उनका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका-३ का बाबुराम नेपाली र विदुर नगरपालिका-६ का रामप्रसाद अर्याल छन् । मृतक अर्की एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य २३ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस