• २०८३ जेष्ठ २६ गते मङ्गलवार

पेट्रोल र डिजेलको भाउ घट्यो (विज्ञप्तीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३.०७ र रू ३.१६ ले घटाएर निगमलाई पठाएको थियो ।

समायोजन पश्चात् काठमाडौँमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

406020297_640440674725187_5881236268535752483_n

Sharing

प्रतिक्रिया दिनुहोस