• २०८३ बैशाख १५ गते मङ्गलवार

चोभार सुख्खा बन्दरगाह सञ्चालनमा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, काठमाडौं । चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ । बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो ।

केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिबिच सम्झौता भएको थियो । सम्झौतामा समिति र प्रालिबिच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो ।

सोही सम्झौताअनुरुप शुक्रबारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टि आर एस लोजिपार्कले लिएको छ । सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमुनाको रुपमा विकास गर्ने बताएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिका प्रतिनिधि अनन्त सिंहले आफूहरुले विराटनगर, काँकडभिट्टा, वीरगन्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस