• २०८३ असोज १५ गते बिहिवार

सेती बाँध खोलेर हेर्दा मृत भेटिए युवक

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, पोखरा । उपचारका क्रममा भर्ना भएका एक बिरामी सेती नदीमा बेपत्ता भएको आशंकामा सेती बाँध खोलेर खोजी गर्दा उनी मृत फेला परेका छन् । तनहुँ घर भइ हाल पोखरा १६, लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र बिहीबार दिउँसो पोखरा ३, नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार युवकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जनाए । घटनाकाे थप अनुसन्धान भइरहेको उनले बताए ।

उनीसँगै गएका बाबु औषधि लिन गएको बेला अस्पतालको इमरजेन्सी विभागबाट संगम एक्कासि सम्पर्कविहीन भएका थिए । उनको लगाएको कपडा र परिचयपत्र मणिपाल नजिकैको सेती नदीको झोलुंगे पुलमा भेटिएकोले प्रहरीले खोजीका लागि दिउँसो सेती बाँध खोलेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस