असार १०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेकी छिन् ।
”…संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा संवत् २०७८ साल असार १९ गने बिहीवारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ,” विज्ञप्तिमा उल्लेख छ।
सरकारले असार १० गते राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।