• २०८३ बैशाख ४ गते शुक्रवार

आज भाइटीका : राष्ट्रपतिले दुइजना बहिनीहरूसँग टीका लाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु हुने भएको छ । राष्ट्रपति पौडेलले आज बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा बहिनीद्वय शारदा र चन्दाको हातबाट टीका र आशीर्वाद लिनुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस