भदौ २९, ओखलढुंगा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ । प्रहरीले सिद्धिचरण नगरपालिका(११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई पक्राउ गरेको हो ।

विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।