• २०८३ जेष्ठ १९ गते मङ्गलवार

मन्त्रिपरिषद्को बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले बिहीबार बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकले प्रधानमन्त्री कार्यालयका नयाँ मुख्यसचिव नियुक्ति गर्ने तयारी गरेको छ ।

बैठक बिहान साँढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्रीले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ । आजै अर्याललाई मुख्यसचिव नियुक्त गर्ने सम्भावना बलियो देखिएको स्रोतको भनाई छ ।

मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको छ । त्यसैले उनको कार्यकाल सकिनु अगावै सरकारले नयाँ मुख्यसचिव नियुक्ति गर्नुपर्ने हुनाले आजै अर्याललाई नियुक्तगर्ने सम्भावना बलियो देखिएको छ । बिहान बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्ने तयारी गरिएको र सोबारे छलफल हुने बताईए पनि आजको बैठक आकस्मिक नभएर मंगलबार नै निर्धारित बैठक भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनल भने,‘बैठक आकस्मिक हैन्, अघिल्लो बैठकको निरन्तरता हो। बैठकको एजेन्डा बारेमा पहिले नै मन्त्रीहरुलाई प्रधानमन्त्रीले जानकारी गराईसक्नु भएको छ।’

Sharing

प्रतिक्रिया दिनुहोस