• २०८३ बैशाख १४ गते सोमवार

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, काठमाडौं। काठमाडौं महानगरपालिका-१२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ । प्रहरीले ललितपुर चापागाउँ डेरा गरी बस्ने भारत सितामणि घर भएका ३६ वर्षीय अमर शर्मालाई सोमबार दिउँसो पक्राउ गरेको हाे ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस