कात्तिक २८, काठमाडौँ। जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज चार लाख तथा कौडा र ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

आइतबार राति नागार्जुन नगरपालिका–३ ठुलोभर्याङ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सरोज अधिकारी, श्याम बाबु तामाङ, टेक बहादुर (टीबी) कार्की, सञ्जय मुडभरी, नवराज तामाङ, चित्र तामाङ, विष्णु लाल लामा, कुमार खड्का, अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, प्रताप दानी, लोक बहादुर बोहरा, केशव राज अधिकारी, भरत बोहरा, राजु जिसी, विशाल तामाङ, विकास खत्री, लोक बहादुर तामाङ, निर बहादुर वाइबा, राम बहादुर लामा र लोक बहादुर श्रेष्ठ रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले नगद ४ लाख ९२ हजार र कौडा १६ थानसमेत बरामद भएको नेपाल प्रहरीले जनाएकाे छ ।