• २०८३ बैशाख १० गते बिहिवार

कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेताले दिए राजिनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, बिराटनगर । नेकपा एमालेको समर्थनमा शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोशी कांग्रेसका संसदीय दलका नेताले राजिनामा दिएका छन् । नेपाली कांग्रेस कोशी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका हुन ।

सत्ता गठबन्धनको निर्णय विपरीत आफनै पार्टीका कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उनले आफनो पदबाट राजीनामा दिएको जनाईएको छ । प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको थापाको भनाई छ । उनी यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उनलाई दुबैपटक बर्खास्त गरेको थियो ।

कोशीमा नेपाली कांग्रेसका बिद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि कांग्रेस भित्रको राजनीतिक परिवर्तन जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस