• २०८३ बैशाख २४ गते बिहिवार

हायस दुर्घटना : १२ जना घाइते, दुईको अवस्था गम्भीर

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, सिन्धुली । सिन्धुलीमा काठमाडौंबाट उदयपुरको गाइघाटतर्फ आउँदै गरेको बा३ख ९७८८ नम्बरको हायस कमलामाई नगरपालिका-२ भद्रकाली नजिकै दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। गम्भीर घाइते हुनेहरूमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका-८ बस्ने ३८ वर्षीया यशोधा प्याकुरेल र उनका १० वर्षीय छोरा केशव प्याकुरेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनीहरूको हात, मुख र शरीरमा चोट लागको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यस्तै अन्य घाइते हुनेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ का वर्ष ५७ को अर्जुनप्रसाद ढुंगाना, वर्ष ५१ की भगवती ढुंगाना, ५३ वर्षका रामप्रसाद ढुंगाना, वर्ष ६२ का बासुप्रसाद ढुंगाना, वर्ष २३ का अतिश ढुंगाना, वर्ष ३३ का नवराज सुवेदी, वर्ष ५७ की रेणुका र सुनिल ढुंगानाको छोरी वर्ष १० की रेशिका ढुंगाना छन्।

घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले चालक सन्तलाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस