• २०८३ बैशाख १० गते बिहिवार

देशको स्थिति बदल्न एमालेको एकल बहुमतको सरकार आवश्यक : केपी ओली

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २७, भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सिप र तालिम आवश्यक रहेको बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताए । ‘यही काम नेकपा एमालेले थालेको थियो’, ओलीले भने।

नेकपा एमालेको सरकारले छोट समयमा पनि पर्याप्त काम गरेको ओलीले स्मरण गराए । ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन्’, ओलीले भने।

एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको उनले बताए । देश विकासको काम अहिले ठप्प रहेको ओलीको भनाइ छ । यस्तो स्थितिलाई बदल्नको लागि, एमालेको सरकार, एकल सरकार नभई हुँदैन, त्यसकै लागि हामीले मिसन २०८४ भनेका छौँ’, ओलीले भने ।

देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने ओलीले दाबी गरे । ‘नेकपा एमालेले देश बनाउने कामको नेतृत्व गर्छ, यस काममा सही तरिकाको साथ अघि बढ्न पर्छ’, ओलीले भने ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस