• २०८३ बैशाख १३ गते आइतवार

मेयर बालेन्द्र साहले मागे पिएसओ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन् । आफूलाई सुरक्षा जोखिम बढेको भन्दै उनले काठमाडौं जिल्ला प्रशासनसँग उनले पिएसओ मागेका हुन ।

मौखिक रूपमा मागे पनि उनले लिखित निवेदन भने दिएका छैनन् । जिल्ला सुरक्षा समिति तथा केन्द्रीय सुरक्षा समितिले सुरक्षा जोखिम रहेको निष्कर्षका आधारमा पिएसओ खटाउने गरेको छ ।

खासगरी सुकुमबासी बस्तीमा बल प्रयोग गरी हटाउने प्रयास गरेपछि आफूमाथि जोखिम बढेको उनको भनाइ छ । अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि धम्की बढेका छन् । मेयर साहमाथि साँच्चिकै जोखिम बढेकाले उनले पिएसओ पाउने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । @https://www.nayapatrikadaily.com/

Sharing

प्रतिक्रिया दिनुहोस