• २०८३ बैशाख १३ गते आइतवार

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १३, काठमाडौं । आइसिसी महिला टि– ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्ध बलिङ गरिरहेको छ । चार खेल खेलेको नेपाल दुई जितसहित अङ्क तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट ६ अङ्क जोडेको अमेरिका भने शीर्ष स्थानमा छ ।

नेपालले प्रतियोगिताको आफनो पहिलो खेलमा अमेरिकासँग ४३ रनको हार व्यहोरेको थियो । त्यसपछि इटली र रुवाण्डालाई पराजित गरेको नेपाल चौथो खेलमा भानुआतुसँग पराजित भएको थियो ।

डबल राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस