• २०८३ बैशाख ७ गते सोमवार

लागुऔषधसहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । आइतबार प्रतिबन्धित लागूऔषध खैरो हेरोइन १ ग्रामसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसार रिजालका अनुसार मेचीनगर नगरपालिकाका ३३ वर्षीय शिव श्रेष्ठ र ३३ वर्षीय विजय तिवारीलाई पक्राउ गरिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस