• २०८२ साउन २ गते बिहिवार

अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई ३ वर्ष कैदको फैसला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडों । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैदको फैसला गरेको छ । पाठकलाई सरकारी ओहोदामा रहेर भ्रष्टाचार उद्योग गरेको भनी थप ३ महिना सजाय सुनाइएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।

तत्कालीन आयुक्त पाठक र नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले १२ चैत २०७५ मा मुद्दा दायर गरेको थियो । उनले कलेजको स्वामित्व विवादमा परेको उजुरी मिलाइ दिने भनी ७८ लाख रुपैयाँ घूस लिएको अभियोग उनीमाथि थियो ।

प्रतिक्रिया दिनुहोस