• २०८३ बैशाख ६ गते आइतवार

राजनीतिमा युवा बितिष्णा र दिर्घकालिन प्रभाव

जिवन शाही पढ्न लाग्ने समय : ७ मिनेट

आजभोलि सामाजिक सन्जालमा सकरात्मक टिका टिप्पणी भन्दा पनि तुलनात्मक रुपमा नकरात्मक बढी भैरहेको देखिन्छ हरेक क्षेत्रका नकरात्मक टिका टिप्पणीले नेपाली समाजको मानसिकता नै नकरात्मक बनाएको छ । सामाजिक सन्जालको प्रयोगमा युवा पुस्ता बढी छन ।

त्यसमा पनि बिशेष गरी समाजमा स्थापित युवा विद्यार्थी हरु को ठुलो जमात नै समाजमा हरेक बिषय बस्तु माथि नकरात्मक प्रतिकृया दिदा आउने पछील्लो पुस्ताको मानसिकतामाथि नै प्रश्न चिन्ह खडा भएको छ । समग्र बिषय बस्तु माथि नै नकरात्मक प्रतिकृया बढी दिन रुचाउने युवा पुस्ता सबैभन्दा बढी राजनीति र राज्यको प्रणालि सङ्ग चिढिएको कुरा प्रस्ट हुन्छ, राजनीति सम्बन्धी र राज्यका बिभिन्न अङ्गहरु प्रती यती धेरै नकरात्मक प्रभाव परेको छ कि सरकारले गरेका हरेक कदम गलत, राज्यको हरेक प्रणालि ध्वस्त, राज्यसङ्ग प्रत्क्षय अप्रत्क्षय जोडीने सवै दलाल भन्ने मानसिकता बनेको देखिन्छ र सामाजिक सन्जाल, सहरका रेस्टुरा, चियापसल देखी गाउका चौतारासम्म यो बहस सुन्न पाईन्छ कि देश दलाल भ्रस्ट नेता कर्मचारी र फोहोरी राजनीतिका कारणले सिद्धिसक्यो । देशमा बस्न नसकिने अवस्था भयो, जस्को ठुलो नेता कर्मचारी व्यापारीसङ्ग सम्बन्ध छ उसका काम सबै हुन्छन सोझा साझाले पाउनै पर्ने मौलिक अधिकारबाट बन्चित छन लगायत तमाम राज्य, राजनिती र प्रणालि माथि नै प्रश्न उठ्ने गरेको तपाईं हामीलाई थाहा नै छ र हामी नै प्रश्नकर्ता र यो अवस्था बाट गुज्रिरहेका छौ । यसको अर्थ देशको प्रणालि पूर्ण रुपमा भ्रस्ट छ । प्रणालि सुधार गर्नुपर्ने सम्पूर्ण राजनीतिक दलहरु पुर्ण रुपमा असफल भैसकेको आम् नेपाली युवा हरुको ठम्म्याइ छ ।

यस्को बिकल्पको खोजी मा पनि युवा पुस्ता अग्रसर देखिन्छ । सामजिक सन्जाल र प्राबिधिको प्रयोग र नेपाली बितृष्णा मानसिकताको भरपुर प्रयोग गरेर शक्तिमा उदाएका युवा हरुमा पनि सामाजिक दायित्व राज्यको प्रणालि सुधार भन्दा पनि ब्यक्तिबादी चरित्र हावी भएको देखिन्छ । आज लाखौ युवा हरु देश छोडन वाध्य छन यसको मुल कारण पनि राज्य व्यवस्था र राज्यको प्रणालि निर्माण गर्ने राजनैतिक् दलहरुनै हुन । जसले देशमा भएको दर्जनौ कलाकारखाना बन्द गरेर देशमा बेरोजगरी समस्या बढ्दै गयो जसका करण लाखौं उर्जावान युवाहरु बिदेशियका छन लाखौं बिदेशिदै छन । देशमै बसेर केही गर्छु भन्न सक्ने अवस्था छैन जताततै नाताबाद कृपाबाद, आफन्तबाद र चाकडिबाद छ । हरेक क्षेत्रमा दलाल पूँजीवाद छ प्रस्ट भन्नुपर्दा कार्यकर्तादेखी नेतासम्म, पियनदेखी हाकिमसम्म किन्ने देखी बेच्ने, उत्पादन गर्ने सम्म भ्रस्ट छ ।

१० औ कुण्टल २० औ कुन्टल सुन हाकाहाकी तस्करि हुँदा नि चुपचाप अध्यागमन निकाय छ । दिनानुदिन निजी शिक्षा र निजी स्वास्थ्यको दबदवा बढिरहेको छ । सक्नेले गर्न सम्म गरेको छ । लुट्पाट मचाएको छ । कोही गर्दागर्दै नसकेर आत्मदाह गर्न वाध्य छ । अनी किन त युवा बसोबास देशमा? किन खियाओस नङ्रा यही माटोमा ? किन देखोस् आफ्नो र आफ्नको भबिश्य यो देशमा ?? अनी किन नछोडोस यो देश ? भारतका गल्ली र खाडीमा भासिएका मात्र हैन युरोपेली शहरदेखी अमेरिकासम्म बस्रेका युवा किन फर्किउन देशमा ? किन नबोलाउन आफ्नो पछील्लो पुस्तालाई उतै ?? छ उत्तर ? अह मसङ्ग त छैन के तपाईंहरुसङ्ग छ त ?

बितिस्णा युवा पूस्ताको बितिस्णा जायज छ र सङ्गसङ्गै युवा हरुको एक जमात यो बितिस्ण मानसिकतासङ्ग लडाईं लडने नीउमा दलिय झुन्डमा पारीणत छ । जसले सही गलत उसको आफ्नो आँखाले हैन सङ्गठनको आँखाले देखेको छ । सङ्गठनले या नेत्रित्वले गरेका हर सहि गलत निर्देशनमा आफ्नो मत आफ्नो बुझाई हैन निर्देशनअनुसार हो मा हैसे जनाएर सडकमा उत्रिन्छ जिन्दाबाद मुर्दाबाद भन्दै । यसै कारण पनि आम युबाहरु राजनीतिक दलहरुप्रती नेपालको प्रणालि निर्माण गर्ने दलहरुप्रती असन्तुस्ट तथा उदासिन छन, बितिस्णा छन भन्दा फरक नपर्ला । नेपाली युवाहरुको राजनिती प्रतिको बितिस्णा राजनितीक दल र दलका नेता कार्यकर्ता माथी पोखिरहेका छन

‘झोले’ ‘हनुमान’, अन्धभक्त यस्तै यस्तै प्रत्यक्ष रुपमा राजनीतिमा जोडिएका प्रति कटाक्ष गर्ने यी शब्दहरु बिशेषगरि अहिलेका ठुला दलहरुमा आवद्ध नेता कार्यकर्तालाइ इङ्गित गरेको पाइन्छ। लामो समयदेखिको राजनैतिक अस्थिरता देशको आर्थिक तथा समाजिक अवस्था खस्किदै गैरहेको अवस्थामा राजनीतिप्रति को जन आक्रोश स्वाभिक छ । दलहरुले आफ्नो पार्टी सरकारमा रहदा गरेका हरेक गलत कुराहरुलाई ढाकछोप गर्ने र आफ्नो पार्टी प्रतिपक्षमा रहदा सहि लाइ पनि बिरोधका नाम मा बिरोध गर्ने, सहि गलत आफ्नो बुद्धि र बिबेक प्रयोग नगरी सहि र गलत नछुट्याई इशारामा अघि बढ्ने अहिलेका नेता कार्यकर्ता को ब्यबहारको उपज हो ‘झोले’ ‘ हनुमान ‘ र अन्धभक्त झोला बोक्नेलाइ झोले र भगवानको अति इमान्दार भक्त हनुमान आफैमा गलत सब्द भने हैनन् तर अहिलेको परिवेशमा आफू समबन्धित संगठन एकदमै राम्रो अरु सबै गलत आफ्ना तमाम गल्ति कमजोरीलाई नदेख्ने अरुको चै खोजि खोजि खेद्ने जुन किसिमको परिपाटी छ त्यो नै यो समाज र यसको परिबर्तनका लागि घातक छ र दलसङ्ग आवद्घ र दलबाट बाहिर रहेका युवाहरुमा बितिस्णा बढ्नुको उपज हो यो जो दलबाट बाहिर छन उनैले यस्ता सब्दको प्रयोग गर्छन

लामो समयदेखी सत्ता सन्चालन गरेका दल र तिन्का नेता हरुका आसेपासे देखी नातगोता बाहेक आम युवाका सवालमा स्पस्ट कार्यनिती बनाउन सकेन । उत्पादनमा युवालाइ जोडन सकेन बेरोजगारी कम गर्न सकेन जसका कारण दिनानुदिन युवाहरु आवद्ध दलबाट रुस्ट हुँदै गए । बेरोजगारी दिनानुदिन बढिरहेको अवस्थामा बिदेशिनु पर्ने बाध्यता छ । जुन देशमा हरेक स्तरमा हरेक क्षेत्रमा कमिसनको सेटिङ्गमा काम हुन्छ । जुन देशमा बहालवाला प्रधानमन्त्रीको छोरा र श्रीमतिले सेटिङ्गमा कमिसनमा व्यापार गर्छन । गृहमन्त्री बिचौलियाको कब्जामा हुन्छन । जुन देशको बजेट हेरफेर ठुला ठुला ब्यापारिक घराना र बिचौलियाले गर्छन । निर्यात आयात बारे बिचौलिया र अन्तर्राष्ट्रिय कम्पनिले गर्छन त्यो प्रणाली सङ्ग आशा गर्नुपर्ने कुनै कारण देखिदैन । यहाँ त जता हेर्यो उतै जा छोयो उतै बितिस्णा छ, एकाध केहि प्रतिशत मान्छेहरुको पुरै प्रणालीमा हालिमुहाली छ । यहि हो कारण बितिस्णाको, यहि हो कारण आक्रोसको, अनि यहि हो कारण पलायनको ।

प्रणाली यहि अनुरुप अगाडि बढ्दै जाने हो र राजनितीमा युवा सहभागिता नरहने हो भने यो प्रणाली अझ शोषण अझ सामन्ती प्रवृत्ति बाट अघि बढने देखिन्छ । हरेक राजनैतिक दलहरु पुरानै शैली उहीँ कार्यसैली अनुसार अगाडि बढनेछन । समाजको नया आवश्यकताका विषयमा अन्जान अघि बढनेछन । देशभित्रका भन्दापनी बाहिरका रास्ट्रघाती एजेन्डाहरुले ठाउँ पाउनेछन । आफ्नो देशभित्रको किचलो ले बिभिन्न नाममा धार्मिक तथा साम्प्रदायिक हिंसा निम्त्याउने खालका समूहहरु निर्माण हुनेछन । जसमा प्रयोग भने त्यहि युवा पुस्ता हुनेछ नेपाली समाजमा अहिले एवम् प्रकारका केही संकेत देखा परिसकेका छन ।

कोशी प्रदेशको नामाकरण पछि किरात समुदायलाई पहिचानको नाम दिएर साम्प्रदायिक सम्बन्धमा खलल पुर्याउने प्रयास जारी छ । समाजिक संजालमा बिभिन्न खालका नकारात्मक बिषयबस्तुहरु छरिरहेका छन । नेपालमा हिन्दु र क्रिश्चियन बिच हिंसा निम्त्याउने खालका प्रयासहरु भैरहेका छन  ।यदि समयमै सोचेर यस्ता कुराको ख्याल नगरेको खन्डमा यसले ठूलो रुप नलेला भन्न सकिदैन । छिमेकी देश भारतको मेघालय मनिपुरको अहिलेको अवस्थाले हामिले धेरै कुरा बुझ्न जरुरी देखिन्छ । त्यसैले युवा पुस्ता राजनीति प्रती बितिस्ण हुदा त्यसको प्रत्यक्ष प्रभाव आउने समयमा राज्यको शासन सत्ता बिकास र परिवर्तनमा पर्न जान्छ । एउटा दार्शनिकले भनेका छन यदि आफुले राजनिती नगर्ने हो भने आफुमाथी गलत कमजोर र असफल मान्छेले राजनिती गर्न थाल्छ तसर्थ राजनितिबाट बितिस्ण हैन राजनैतिक सुदृढीकरणमा सामेल हुनुको बिकल्प छैन ।

अन्ततः युवाहरुले जुन सुकै दल तथा पार्टिमा आवद्धता भएपनी आफू आबद्द दलको आन्तरिक कमजोरीहरुलाइ सुदृढीकरणका लागि आवाज उठाउन जरुरी छ । सङ्गठनमा व्याप्त नाताबाद, कृपाबाद, झोले प्रबृत्ति र इसाराबादको विरुद्ध सशक्त रुपमा आवाज उठाउन जरुरी छ । सङ्गठनको मुल उदेश्य प्राप्तिका लागि र भित्रका अराजकतासङ्ग आन्तरिक संघर्षबाट पछि हटनु हुदैन । फलामको चिउरा चपाएनी पच्ने उमेर समूह हो । युवा उमेर समूह हरेक दल हरेक सङ्गठन र हरेक पार्टी भित्रका तमाम कमि कमजोरी लाई पार्टी भित्रै बाट सुधारको अभियान अब युवा पुस्ताले गर्न जरुरी छ । हरेक युवा जागरुक हुन जरुरी छ । जगरुक भन्नाले पार्टी, प्रणाली र सरकारलाइ गाली गरेर हैन त्यहि भित्र छिरेर भित्रका तमाम कुसंस्कार कुरितीको अन्त्य गर्न आवस्यक छ ।

अहिलेका युवाहरुमा तालको छेउमा बसेर गहिराइ आकलन गर्ने सैलि हावी देखिन्छ र अर्कोतिर एउटा समूह चाहिँ सतही अभियानमा मस्त छ । खासमा समस्या यो प्रणालीमा छ । हामी सामान्य कुरामा अल्झिरहेका छौ । मुल समस्या जरामा हुदापनी हामी पातको धुलो झारेर पातमा रङ्ग दलेझै अभियानका नाममा मुल्यवान समय र सामर्थ्यको दुरुपयोग गरिरहेका छौ । त्यसैले यो प्रणाली सुधारका लागि गाली र नकारात्मक प्रतिक्रियामा मात्र रमाउने हैन यो प्रणालीको जरा उखेल्न तिर लागौ । एकजुट भएर लागौ एकजुट हुन सकिँदैन भने जो जहाँ छौ त्यही सुधार्न तिर लागौ । समाज देश र प्रणाली सुधृदै जाने छ । समस्याबाट भागेर हैन डटेर लागौ, परिवर्तन अवस्य संभव छ हाम्रै अग्रसरतामा हाम्रै पालामा ।

जागौ युवा जागौ
जागरणमा लागौ
नभागौ न थाकौ
जागौ युवा जागौ
जागरण मा लागौ

(लेखक शाही राष्ट्रिय युवा संघ नेपाल दैलेख जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ ।)

Sharing

प्रतिक्रिया दिनुहोस