• २०८३ जेष्ठ ३० गते शनिवार

आज आइतवारको विदेशी मुद्राको विनिमय दर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनि गरेको छ । जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ ८५ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४२ रुपैयाँ २९ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस