• २०८३ भाद्र ९ गते मङ्गलवार

प्रचण्डको पशुपति दर्शनबारे बाबुरामको टिप्पणी : यो राजनीतिक भयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा गएको भन्दै प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत भट्टराईले मन्त्री परिषद्का सम्पूर्ण सदस्य हुल बाँधेर धार्मिक स्थलमा जाँदा राजनीतिक हुने र प्रश्न उने बताएका छन् ।

‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो,’ उनले फेसकुकमा लेखेका छन्, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ!’ उनले प्रचण्डलाई तत्कालिन सास्कृतिक क्रान्तिको नारा समेत सम्झाएका छन् । उनले लेखेका छन् ‘नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’??

प्रधानमन्त्री अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित हिजो पशुपतिनाथको मन्दिर पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयले भने हिजोको भ्रमण अवलोकनका लागि मात्रै हो भनेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस