• २०८३ बैशाख २६ गते शनिवार

माछालाई हानेको जालमा महिलाको शव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, मोरङ। मोरङको रंगेली नगरपालिका–२ मा रहेको एउटा पोखरीमा शुक्रबार महिलाको शव फेला परेको छ। दुर्गा कार्कीको माछा पोखरीमा बिहान ११ बजेतिर शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।

उनका अनुसार माछा मार्नेहरुले पोखरीमा हानेको जालमा अड्किएर शव आएको थियो।‘माछालाई हानेको जालमा महिलाको शव परेपछि माछा मार्नेहरुले प्रहरीलाई खबर गरेका हुन्,’ पोखरेलले भने, ‘घटनास्थल पुगेर प्रहरीले शव बाहिर निकालेको हो।’

Sharing

प्रतिक्रिया दिनुहोस