• २०८३ बैशाख ७ गते सोमवार

साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने १८ वर्षीय किशोर पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं। वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले २ जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस