मंसिर २८, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय, काठमाडौँमा वरिष्ठ सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत रेशमा शाक्यलाई पितृशोक परेको छ ।

कम्प्युटर अपरेटर शाक्यको पिता ज्वारमान शाक्यको ७२ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो । यही मङ्सिर २६ गते सोह्रखुट्टेस्थित निवासमा घाम तापेर बसिरहेको अवस्थामा एक्कासी ढल्नुभएका शाक्यको कानबाट रगत आएको देखिनासाथ उहाँलाई अस्पताल पुर्याइएको थियो ।
उहाँको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको र आज बिहान शोभाभगवतीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्वर्गीय शाक्यको श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।