• २०८३ बैशाख ३ गते बिहिवार

स्कुलको हाेस्टेलमा एक छात्र मृत भेटिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित इटहरी सेकेन्डरी बाेर्डिङ स्कुलको हाेस्टेलमा छात्र मृत अवस्थामा भेटिएका छन् । मोरङ बेलबारी नगरपालिका लालभित्तीका १३ वर्षीय जेनिस श्रेष्ठ सोमबार बिहान स्कुलको हाेस्टलमा मृत फेला परेका हुन् ।

उनी इटहरी सेकेन्डरी बोर्डिङमा कक्षा ८ मा अध्ययनरत थिए । आइतबार खाना खाएर सकुशल सुतेका विद्यार्थी सोमबार बिहान मृत अवस्थामा भेटिएपछि विद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको थियो ।

सवकाे मुचुल्का उठाइ थप अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस