साउन २४, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूबाहेक सबै दल र नेता आदिवासी, जनजाति र पहिचार पक्षधरको विरुद्धमा रहेको ठोकुवा गरेका छन्। २९ औँ आदिवासी दिवसमा अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमात्रै आदिवासी, जनजाति र पहिचानको पक्षमा रहेको दाबी गरे ।
‘पहिचानवादीहरुको पक्षमा पटक पटक आवाज उठाउँदा अन्य दलहरुले समर्थन गर्दैनन्।’ उनले भने, ‘मैले कोशी प्रदेशको नाम पनि किरात प्रदेश राख्ने प्रस्ताव गरे पनि अरु दलले समर्थन गरेनन्।’ त्यस्तै आगामी २०८४ सालको चुनावमा सबै पहिचानबादीका पक्षधरले चुनाव जित्नुपर्ने समेत उनको तर्क छ ।
त्यस्तै उनले अधिवक्ता शीतल पाण्डेको अभिव्यक्तिविरुद्धको आदिवासी जनजातिको प्रदर्शनमा प्रहरी प्रशासनले निर्ममता प्रर्दशन गरेकोसमेत स्वीकार गर्दै त्यसमा निश्पक्ष छानबिन हुने आश्वासन दिए।
