• २०८३ बैशाख ८ गते मङ्गलवार

प्रवक्ताको जिम्मेवारी सम्हाल्दै सापकोटाले

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज(बुधबार) देखि नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । राजधानीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकसँगै पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगेका सापकोटाले आजबाट जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै उनले मुलुकको पछिल्लो राजनीतिक अवस्थासहितका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने जनाइएको छ । त्यसका लागि दिउँसो १ बजे सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा अर्का उपाध्यक्ष कृष्णबहादुर महरा थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस