• २०८३ मङ्सिर ९ गते मङ्गलवार

सरकारले कृषिजन्य उत्पादनमा कर लगाएर गरीबमाथि खेलवाड ग¥यो : सांसद बिष्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं ।  नेकपा एमालेका सांसद सांसद गोकर्ण बिष्टले सरकारले गरीबको भोको पेटमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा उनले सरकाले आलु प्याज लगायतको कृषिजन्य उत्पादनमा १३ प्रतिशत कर लगाएर गरीबको भोको पेटमाथि खेलवाड गरेको जिकिर गरे ।

उनले भने,‘सरकारले आलु प्याज लगायतको कृषिजन्य उत्पादनमा १३ प्रतिशत कर लगाएको कारण ९ प्रतिशत मूल्य वृद्धि भएको छ, आम नागरिकले ९ प्रतिशतको मूल्य वृद्धि सामना गर्नुपरेको छ । गरीबको पेटले भोजन मागिरहेको छ । तर सरकारले गरीबको पेटमाथि खेलवाड गरिरहेको छ ।’ सांसद विष्टले आयातमा लगाईएको राजस्वले मात्र आर्थिक वृद्धि सम्भव हुन नसक्ने भन्दै आर्थिक वृद्धि अत्यन्तै हचुवाको भरमा आएको तर्क गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस