जेठ २६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज -शुक्रवार_ का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १६५ रुपैयाँ ०६ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ४३ पैसा र बिक्री दर १४२ रुपैयाँ ०८पैसा रहेको छ । यस्तै,अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रेहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।