• २०८३ असार १२ गते शुक्रवार

होलसेलमा अनुमान गरिएको बजेटमा झारा टार्ने काम भयो : सभापति लामिछाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले होलसेलमा बजेट अनुमान गरिएको बताए । बिहीबार प्रतिनिधिसभाको बैठकमा विषेश समयमा उनले बजेट अनुमान झारा टार्ने काम जस्तो भएको बताए ।

सभापति लामिछानेले प्रस्तुत गरेको विनियोजनका प्राथमिकता नीति तथा कार्यक्रममा र बजेट एउटै सरकारले लिएर आएको हो कि फरक फरक सरकारको पालामा आएको हो भन्ने कुरामा आफु दोधारमा परेको पनि बताए । उनले बजेटमा कार्यमहरुबीच तालमेल कहीँ कतैं नभेटिएको पनि बताए ।

उनले भने ‘ यस बजेटमा अर्थमन्त्री ज्यूले ९० वटा शीर्षकहरु मध्य ६८ वटा शीर्षकहरुबाट प्राप्त हुन् राजस्वको मूल्य दर २४.३७ प्रतिशत हुन्छ भन्ने अनुमान गर्नु भएको छ । राजस्वको मुख्य आधारहरु कर, गैर कर दुबैको बृद्धिदर पनि २४.३७ प्रतिशत अनुमान गर्नु भएको छ । करको स्रोतहरुमा आय, मुनाफा तथा पुँजीगत लाभमा लाग्ने कर बस्तु तथा सेवामा आधारित कर र वैदेशिक व्यापारमा लाग्ने कर सबैको वृद्धिदर २४.३७ प्रतिशत हन्छ भन्ने अनुमान गर्नु भएको छ । होसेलमा गरिएको यस्तो अनुमानबाट यो पुष्टि हुन्छ की यो बजेटको लेखन एउटा झारा टार्ने काम र गैर जिम्मेवारी काम अथवा हेलचेक्रयाई पूर्ण ढंगबाट गरिएको हो की भन्ने आशंका गर्ने ठाउँहरु प्रशस्त मात्रामा छन् । ’

Sharing

प्रतिक्रिया दिनुहोस