• २०८३ भाद्र १३ गते शनिवार

त्रिशूली-३ ‘ए’को सुरुङमा उद्धार प्रयासमा आंशिक सफलता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ । उर्जामन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार शनिबार बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत उद्धार मार्ग खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान गरिएको घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।

‘क्राउन’ पहिचान भएपछि सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने तयारी अघि बढाइएको छ भने क्यामेरामार्फत सुरुङभित्रको अवस्था बुझ्ने तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्‍याउने प्रयास भइरहेको छ ।

उद्धार टोलीले ड्रिलिङबाट बनाइएको प्वालमार्फत अक्सिजन र आवश्यक उपकरण पठाउँदै सुरुङमा थुप्रिएको लेदो हटाएर उद्धारको बाटो खोल्ने काम जारी राखेको छ । प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस