• २०८२ साउन ३ गते शुक्रवार

प्रदेश १ मा आज नयाँ सरकार बन्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, काठमाडौँ । प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। बेलुकीसम्म मुख्यमन्त्रीका लागि दलहरुले दावी पेश गर्ने तयारी गरिरहेका छन्।

९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश एकमा अहिलेको सत्ता साझेदार दलकै सरकार बन्ने सम्भावना छ।नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन्। जहाँ नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन्।

प्रतिक्रिया दिनुहोस