• २०८३ बैशाख ४ गते शुक्रवार

भूकम्पपीडितका लागि माओवादीका तर्फबाट दिइयो ५० लाख सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २१, काठमाडौं । नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूको राहतका लागि रकम प्रदान गरेको छ । उपाध्यक्ष पम्फा भुसालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेको हाे ।

साे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । यसअघि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ र नेकपा एकीकृत समाजवादीले २५ लाख रकम सहयाेग गरिसकेका छन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितलाई एक करोड सहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई मङ्गलबार एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ ।

उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति रहेको थियो ।

एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग
एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको छ । कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई २०८० कात्र्तिक १७ गते राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस