• २०८३ बैशाख ६ गते आइतवार

प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा केही नेपाली पनि घाइते

इजरायलमा घाइते भएका नौ नेपाली मध्ये दुईको अवस्था गम्भीर : पराष्ट्र मन्त्रालय
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौँ। प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा नेपाली पनि घाइते भएका छन् । घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अभिभस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् । शनिबार बिहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ ।

इजरायलमा घाइते भएका नौ नेपाली मध्ये दुईको अवस्था गम्भीर : पराष्ट्र मन्त्रालय
इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको छन्। घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाको छ। शनिबार मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले उक्त पुष्टि गरेको हो। ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन। मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

इजरायलमा घाइते भएका नौ नेपाली मध्ये दुईको अवस्था गम्भीर : पराष्ट्र मन्त्रालय

Sharing

प्रतिक्रिया दिनुहोस