• २०८३ असोज १६ गते शुक्रवार

सत्ता गठबन्धनले पटक पटक संविधान मिचेको ठहर, कोशीका सम्बन्धमा यस्तो छ अदालतको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनले पटक पटक संविधानमाथि आक्रमण गरेको ठहर भएको छ । अदालतले यसअघिका सभामुख बाबुराम गौतमले संविधानविपरीत सरकार गठनमा गरेको हस्ताक्षरको स्मरण गर्दै यस पटक सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत बराबर नभएको बेला दिएको विश्वासको मत संविधानविपरीत ठहर गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले गरेको फैसलाबमोजिम अब संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा धेरै सदस्य भएको दलको नेताको हैसियतमा हिक्मत कार्की ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त हुनेछन् ।

त्यसपछि उनले एक महिनाभित्र विश्वासको मत लिन नसके उपधारा ५ बमोजिम जसले सबैभन्दा बढी सदस्यको समर्थन जुटाउन सक्छ, उसले मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ । त्यो पनि नभए मध्यावधिमा जानेछ ।

यस्तो छ अदालतको संक्षिप्त आदेश

Sharing

प्रतिक्रिया दिनुहोस