• २०८३ भाद्र ७ गते आइतवार

दाङको तुल्सीपुरमा २९ जना नेपाली सेनामा कोरोना पुष्टि

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २७, दाङ । दाङमा २९ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको छ । साउन १८ गते संक्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन बिकास आचार्यले जानकारी दिनुभयो ।

प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरि परिक्षण गर्दा संक्रमण देखिएको थियो । ति जवानमा संक्रमण देखिएपछि उनकोम सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको हो । अन्य २ जनाको रिर्पोट भने नेगेटीभ आएको छ । २९ जना सबै बाहिनी भित्रैको आइसोलेसनमा बसेका छन्

Sharing

प्रतिक्रिया दिनुहोस